काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सुशासन, प्रणाली सुधार र भ्रष्टाचार नियन्त्रणमार्फत समृद्ध नेपालको परिकल्पना पूरा गर्न सकिने बताएका छन् । नेपाल रत्न तथा आभूषण संघको २०औँ वार्षिक साधारण सभा तथा आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद पराजुलीले संसद्का विभिन्न समितिमार्फत नीतिगत सुधारका लागि काम भइरहेको उल्लेख गरे । उनले पछिल्लो पुस्ताले…