काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा खुम्बु आइसफल क्षेत्रमा मंगलबार बिहान सेराक भत्किदा एक भारतीय पर्वतारोही र एक शेर्पा हिमाल गाइड घाइते भएका छन्। पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेका अनुसार बिहान करिब ५ः४५ बजे क्याम्प–२ तर्फ जाँदै गरेका आरोही र गाइडहरूको समूहमाथि ठूलो बरफको संरचना (सेराक) फुटेर झरेको थियो। करिब २० मिटर तलसम्म…