काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानिलकण्ठ पासिकोटबाट पक्राउ गरेको जनाइएको छ । पक्राउ पुर्जी जारी भएपछि ११ दिनदेखि फरार रहेका रायमाझी भागेर भारत पुगेको आशंका गरिएको थियो । तर उनलाई काठमाडौंबाटै पक्राउ गरिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहसँग मिलेर…