काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबारबाट सुरु हुने भारत भ्रमणमा हवाई रुट अनुमति, विद्युत् व्यापार र सीमा समस्या समाधान लगायतका दर्जन बढी एजेन्डामा छलफल हुने जानकारी दिएका छन् । भ्रमणको तयारीबारे सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री दाहालले व्यापार, पारवहन, लगानी प्रवर्द्धन, उर्जा क्षेत्रमा व्यापार तथा अन्तरदेशीय विद्युत् प्रशारण लाइन लगाएतका विषयमा छलफल…