काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ गतेदेखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहालले चार दिवसीय भ्रमण गर्न लागेको जनाएको छ । भ्रमणमा प्रधानमन्त्रीको साथमा उनका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल रहनेछिन् । त्यस्तै प्रधानमन्त्रीको भ्रमणदलमा…