Logo

Breaking News 1

कोशीमा कार्कीले आजै मुख्यमन्त्रीकाे शपथ लिने


२२ भाद्र २०८०, शुक्रबार  

92
Shares

विराटनगर । सर्वोच्च अदालतको परमादेशपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै मुख्यमन्त्रीको शपथ लिने तयारी गरेका छन् ।

सर्वोच्च अदालतको परमादेश अनुसार कोशी प्रदेश प्रमुखको कार्यालयले उनलाई मुख्यमन्त्री नियुक्तिको तयारी थालेको छ । आज शुक्रबार नै साँझसम्म शपथग्रहण गर्ने तयारी भएको हो ।

बिहीबार सर्वोच्च अदातलले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टा भित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

मुख्यमन्त्रीसँगै आज २ जना मन्त्रीलाई पनि शपथग्रहण गराउने एमालेकेा तयारी छ । एमाले श्रोतका अनुसार तिलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी छ । मेन्याङ्गोले कार्की नेतृत्वको सरकारमा यसअघि नै पनि मन्त्री भएर काम गरेका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  २ : ४५ बजे