काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीका कांग्रेस नेताहरुलाई काठमाडौं बोलाएका छन् । महानगरपालिकामा भागबण्डाको विवादकाबीच देउवाले नेताहरुलाई काठमाडौं बोलाएका हुन् । कास्की कांग्रेसले पोखरा महानगरपालिकाको मेयर कांग्रेसले नै पाउनुपर्ने माग राख्दै आएको छ । सभापति देउवाले बोलाएपछि गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापा आज…