Logo

Breaking News 1

मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइँदै



काठमाडौं । मेलम्चीको पानी आज सुरुङमा पठाइँदै छ ।

आज अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो ।

क्षति पुगेका संरचना निर्माणपछि परीक्षणका लागि सुरुङमा पानी पठाउन लागिएको हो । गतवर्षको चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो ।

वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो । सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो ।

त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो । आजदेखि पानी पठाउन सुरु गरिए पनि धारामा आउन भने नयाँ वर्ष नै कुर्नुपर्ने छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ९ : ४३ बजे