Logo

Breaking News 1

भागबण्डा विवाद: सभापति देउवाले कास्कीका कांग्रेस नेताहरुलाई बोलाए काठमाडौं



काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीका कांग्रेस नेताहरुलाई काठमाडौं बोलाएका छन् ।

महानगरपालिकामा भागबण्डाको विवादकाबीच देउवाले नेताहरुलाई काठमाडौं बोलाएका हुन् । कास्की कांग्रेसले पोखरा महानगरपालिकाको मेयर कांग्रेसले नै पाउनुपर्ने माग राख्दै आएको छ ।

सभापति देउवाले बोलाएपछि गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोरदत्त बराल र नेता यज्ञबहादुर थापा आज काठमाडौं आएका छन् ।

कास्कीमा पोखरा महानगरपालिकासहित पाँच पालिका छन् । पाँचवटै पालिकाको नेतृत्वमा नेपाली कांग्रेसले दाबी गरिरहेको छ । नेताहरुसँग देउवाले बालुवाटारमा छलफल गर्न लागेका हुन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १० : ०३ बजे