Logo

Breaking News 1

काठमाडौंको मेयरमा विवेकशील साझाबाट बास्कोटा उम्मेदवार



काठमाडौं । आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन अन्तर्गत विवेकशिल साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बास्कोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको विवेकशील साझाको केन्द्रीय समिति बैठक बास्कोटालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै, उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको छ ।

‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँः राजधानीको गौरव पुनर्स्थापित गरौँ” भन्ने नारासहित विवेकशिलले उम्मेदवारको टुंगो लगाएको हो ।

३८ वर्षीया बास्कोटा विवेकशील साझा पार्टीको बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल केन्द्रीय समितिकी सदस्य हुन्। यस्तै

६२ वर्षीया कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : २९ बजे