काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउन प्रयास भइरहेको बताएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)को स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउनका लागि विभिन्न शक्तिहरु लागिरहेको बताएका हुन् । 'गठबन्धन टुटाउन ठूलो षड्यन्त्र भइरहेको। तर टुटाउन हुँदैन, देउवाले भने ।' गठबन्धनकै कारण कांग्रेसको सरकार रहेको भन्दै देउवाले…