Logo

Breaking News 1

गठबन्धनको बैठक सर्यो



काठमाडौं । आज बिहानका लागि बोलाइएको सत्तारुढ गठबन्धनको बैठक ढिला बस्ने भएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक तीन घण्टा सारेर २ बजेका लागि बोलाइएको हो । नेताहरुको व्यस्तताका कारण बैठक तीन घण्टा सारिएको नेताहरुले जानकारी दिएका छन् ।

यहीबीचमा कांग्रेस सभापति शेरबहादुर देउवाले कास्कीका कांग्रेस नेताहरुसँग पनि छलफल गर्ने बुझिएको छ । कास्की कांग्रेसले पोखरा महानगरसहित सबै स्थानीय तहको नेतृत्व कांग्रेसले पाउनुपर्ने माग राख्दै आएको छ ।

गठबन्धनभित्र स्थानीय तहको भागबण्डाको विषयमा सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ११ : २२ बजे