काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय फाँटमा आफ्ना सबल र दुर्बल पक्ष औँल्याएको छ । महोत्तरीको जलेश्वरमा मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक सन्तोष परियारद्वारा प्रस्तुत संसदीय कामको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । संसदीय फाँटमा पार्टी पाँच वटा क्षेत्रमा सबल रहेको प्रमुख सचेतक परियारको भनाइ छ । संसद्मा पार्टीका सांसदहरूको प्रस्तुति अध्ययन…