काठमाडौं । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच कृतिको संक्षिप्त सूची सार्वजनिक गरेको छ। प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार संक्षिप्त सूचीमा छुदेन काविमोको आख्यान ‘उरमाल’, रमेश भुसालको गैरआख्यान ‘छालबाटो’, भवानी खतिवडाको नियात्रा संग्रह ‘प्रणाम सगरमाथा’, सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ र तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ परेका छन्। लामिछानेद्वारा जारी…