काठमाडौं। कोशीमा शेखर कोइराला पक्षले विद्रोह गरेर एमालेसित सत्ता समीकरण गरेपछि नेपाली कांग्रेसले प्रदेश कार्यसम्पादन समिति बैठक बोलाएको छ। विराटनगरस्थित प्रदेश पार्टी कार्यालयमा आज ११ बजे बस्ने गरि बैठक आह्वान गरिएको हो। बैठकले प्रदेशको ताजा अवस्थाबारे धारणा बनाउने बताइएको छ। विहीबार सत्ता गठबन्धनले माओवादी नेता इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा दाबी गर्न लगाउने निर्णय गरेपछि कांग्रेस कोशीका…