Logo

कोशी

झापा गोल्डकप : पुलिस क्लब र चर्च ब्वाइज भिड्दै


२० फाल्गुन २०८०, आइतबार  

138
Shares

विराटनगर । झापा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज आइतबार विभागीय टिम नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुँदैछ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यी दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुने आयोजकले जनाएको छ ।

यसअघि हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा संकटा फुटबल क्लब काठमाडौंलाई ४–२ गोलले हराउँदै विभागीय टिम एपीएफ विजयी बनेको थियो ।

टाइब्रेकरमा एपीएफले संकटलाई हराएको हो । खेलको प्लेयर अफ द म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भएका थिए ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । प्रतियोगितामा नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १३ लाख, उपविजेताले ७ लाख, ट्रफी पाउने छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १२ : २७ बजे