डोल्पा । चिसो मौसम कारण उपल्लो डोल्पा छोडेका सर्वसाधारण तथा कर्मचारीहरू फर्किएपछि उपल्लो डोल्पामा विकास निर्माणका कामहरु सूचारु भएका छन् । सदरमुकाम दुनैबाट निर्माणका सामग्रीहरु घोडा, खच्चडमा बोकाएर उपल्लो डोल्पा लिएर निर्माणका कामहरु सुरु भएको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव शर्मा न्यौपानेले बताए । न्यौपानेका अनुसारका नयाँ आएका कर्मचारीदेखि सबै जनशक्ति पालिकामा केन्द्रीत भइसकेकाले अहिले…