Logo

लुम्बिनी प्रदेश

पशुमा लम्पीस्किन संक्रमण फैलिँदै



काठमाडाैं ।  दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङक्रमण बढ्दै गएको छ । पछिल्लो समय जिल्लाको बङ्गलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रका रोगको सङक्रमण बढेको जनाइएको छ । बङ्गलाचुली गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र ८ मा बढी मात्रामा रोग सङक्रमण देखापरेको छ ।

रोगका कारण बङ्गलाचुली–७ जबरकोटका टीकाराम नेपाली, जुद्धबहादुर नेपाली, वडा नं ८ पाँचपोखरीका तिलकराम घर्तीमगर र गोठीवनका गुमानसिंह घर्तीमगरका पशु चौपाया बिरामी परेका उपचारमा खटिएका बङ्गलाचुली गाउँपालिकाका पशु शाखा प्रमुख गोविन्द नेपालीले बताए ।

उनका अनुसार पालिकाका करिब दुई सय ५० भन्दा बढी पशु चौपाया बिरामी परेका छन् ।  घोराही उपमहानगरपालिका–१९ का पहाडी क्षेत्रमा पनि लम्पीस्किन रोगका कारण किसान समस्यामा परेका छन् भने पशुलाई सास्ती भएको छ । राप्ती गाउँपालिकाको पहाडी क्षेत्रमा देखिएको लम्पीस्किनको सङ्क्रमण वडा नं २, ३ र ४ मा पनि देखापरेको पशु सेवा शाखाले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ०० बजे