Logo

Breaking News 1

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीको शपथसँगै आज दुईजना मन्त्री बन्दै



लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज आफ्नो शपथसँगै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। कांग्रेस लुम्बिनी संसदीय दलका नेता चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

आज उनले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा बिहान साढे ११ बजे शपथ खाने कार्यक्रम छ। मुख्यमन्त्री चौधरीसँगै दुई मन्त्रीले पनि शपथ खाने तयारी भएको प्रदेश सांसद तथा कांग्रेसका लुम्बिनी उपसभापति राजु खनालले जानकारी दिए। ‘कांग्रसबाट मुख्यमन्त्री हुनुभयो। माओवादी केन्द्रबाट एकजना र साना दलले छलफल गरेर आज एकजनाको नाम दिनुहुने छ’, उनले भने, ‘आज ३ सदस्यीय मन्त्रिपरिषद् बन्ने छ। मुख्यमन्त्रीज्युले विश्वासको मत लिएपछि बाँकी मन्त्रि नियुक्त हुन्छन्।’

आउँदो सोमबार मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेका छन्। प्रदेश सरकारमा पठाउने मन्त्रीबारे छलफल भइरहेको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ९ : ३६ बजे