Logo

गण्डकी प्रदेश

गण्डकीका मुख्यमन्त्रीले बैशाख २१ गते विश्वासको मत लिने



काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी २१ गते विश्वासको मत लिने भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २१ गते प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सिफारिस गरेको थियो ।

१४ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेले १५ वैशाखमा शपथ ग्रहण गरेका थिए । पाण्डेले कांग्रेसका २७, नेकपा माओवादीका ७ र नेकपा एकीकृत समाजवादीका राजीव गुरुङको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : १५ बजे