Logo

मधेश प्रदेश

भारतकी राईको नेपाली नागरिकता प्रकरण : एक वर्ष पुग्दासम्म दोषीलाई भएन कारबाही


१५ बैशाख २०८०, शुक्रबार  

0
Shares

बारा । बाराको निजगढ नगरपालिकाबाट गैरनेपालीलाई नागरिकता दिन प्रसाशनदेखि जनप्रतिनिधिसम्मको मिलोमतो भएको पाइएको छ । जस कारण गैरनेपालीलाई नागरिकता दिने दोषीमाथि कारबाही गर्न प्रसाशन नै मौन देखिएको छ । निजगढ नगरपालिका–१२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा गैरनेपालीले नागरिकता पाएको करिब एक वर्ष पुग्दासमेत जिल्ला प्रशासन कार्यालय बाराले कारबाही गरेको छैन, प्रसाशनले निजगढ नगरपालिका–१२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले र सर्जमिन गर्ने प्रहरीलाई समेत बचाउने गरी गृहमन्त्रालयमा पत्रचार गरेको खुलेको हो ।

निजगढ नगरपालिका १२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ कि रजनी राईलाई इलाका प्रशासन कार्यालय सिमराले गत साउन १ गते नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । उनले ना. प्र. नं. ३३–२–७९–००५१३ को नागरिकताको प्रमाणपत्र लिएकी थिइन । वडा अध्यक्ष गोले र वडा अध्यक्षका आफन्त पर्ने तथा उनकै पार्टी नेपाली कांग्रेसका वडा सभापति समेत रहेका श्यामराज गोलेको मिलोमतोमा उनको नागरिता बनाइएको स्रोतको दाबी छ ।

वडा कार्यालयले स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) कि छोरी भन्दै राईलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन इलाका प्रशासन कार्यालय सिमरामा गत जेठ २४ गते सिफारिस पठाएको थियो । यसअघि वडा कार्यालयले जेठ २३ गते युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको थियो । तर, यसबीचमा प्रहरी, प्रशासन र जनप्रतिनिधिले कालिङपोङ घर भएकी रजनी राईको घर पुगेर उनको सक्कली नागरितासमेत नेपाल ल्याएका छन् भने नेपाली राहदानी लिएर राई भने अमेरिका पुगिसकेको बताइएको छ । वडा कार्यलयको सिफारिसपछि प्रशासन कार्यालय सिमराले सर्जमिनको लागि इलाका प्रहरी कार्यालय निजगढमा पत्र पठाएको भए पनि सो पत्र इलाका प्रहरी कार्यालयमा दर्ता नगरी सिधै मातहतको अस्थायी प्रहरी चौकी रतनपुरीमा पुगेको र चौकीबाट नै सर्जमिन गरिएको पनि खुलेको छ ।

इलाका प्रहरी कार्यालय निजगढका अनुसार वडा कार्यलयको सिफारिसपछि प्रशासन कार्यालयले सर्जमिनको लागि इलाका प्रहरी कार्यालय निजगढमा पत्र पठाएको भए पनि सो पत्र इलाका प्रहरी कार्यालयमा दर्ता नगरी सिधै मातहतको अस्थायी प्रहरी चौकी रतनपुरीमा पुगेको र चौकीबाट नै सर्जमिन गरिएको पनि खुलेको र प्रहरी चौकीको क्षेत्रमा पर्ने भएको हुँदा उसैले सर्जमिन गर्नुपर्ने भए पनि यस कार्यालयलाई जानकारी नै नदिइ पत्र आएको तथा चौकीमार्फत नै कागजपत्र तयार पारेर लगिएको थियो । कार्यालयको नाममा आएको पत्र सिधै अस्थायी प्रहरी चौकीमा पुगेको रहेछ उतैबाट कागजपत्र बनाएर नागरिकता बनाएको देखियो ।

तर, इलाका प्रहरी कार्यालय निजगढले कार्यालयलाई जानकारी नभई मातहतको अस्थायी प्रहरी चौकीमा पत्र पुगेको भनिए पनि पत्याउन नसकिने स्थानिएको भनाई छ । प्रहरीले सर्जमिन गर्ने प्रहरीको सरुवा गरेको छ, तर नाम भने बताएको छैन । तत्कालीन इलाका प्रशासन कार्यालय सिमराका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालको समेत यस बीचमा सरुवा गरिएको छ । तत्कालीन प्रमुख अर्यालका अनुसार वडा कार्यालयबाट आएको सिफारिसको आधारमा रजनीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको बताए ।

दोषीमाथि कारबाहीको माग गर्दै स्थानीय युवाहरूले पटक पटक इलाका प्रशासन कार्यालय सिमरालाई अनुरोध गर्दै उजुरीसमेत गरेका थिए । तर, प्रशासन र प्रहरीको मिलेमत्तेमा उजुरीमाथि कारबाही भएको छैन । बरु यसलाई सामसुम गर्न प्रशासन तस्पर देखिन्छ । जिल्ला प्रशासन कार्यालय बाराका एक अधिकृतले भने हाललाई यो विषयमा कुनै पनि कामकारबाही नगर्नु भन्ने आदेश गृह मन्त्रालयको छ र यसबीचमा प्रसाशन कार्यलयले आफूले गर्ने अध्ययन नै नगरी बचाउन गृहमा सिफारिस भएको थियो । गृहबाट नै थेग्नै नसक्ने दबाब आएपछि यो विषयमा कुनै कारबाही हुन सकेको छैन ।

अहिले प्रशासनले नै कारबाही नगरी उटै मिलाउने काम गरेको थाहा हुन आएको हो । गैरनेपालीलाई नागरिकता दिनेलाई कारबाही नहुनु दुखद् हो । हामी कर्मचारी बाध्य छौँ । गैरनेपालीलाई नागरिकता दिनेलाई कारबाही नगर्न गृहले नै दबाब दिएपछि हामी कर्मचारी बाध्य छौँ ।  यता हामिलाई राजनीतिक दबाबसमेत बढी आएको कारण यो विषयमा कार्यालय मौन जस्तै छ । यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत यस विषयको सत्यतथ्य र फाईल पटक पटक जिल्ला प्रशासन कार्यालय बारासंग माग गरेको भएतापनि प्रशासन कार्यालय बाराले उपलव्ध गराएको छैन ।

प्रशासन र जनप्रतिनिधिको मिलेमतो तथा आर्थिक प्रलोभनमा परेर गैरनेपालीलाई नागरिकता दिएको स्थानीयको आरोप  छ । रजनीले वडा कार्यालयले स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) कि छोरी भन्दै राईको वडा कार्यालयले २३ जेठमा युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको थियो भने नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन इलाका प्रशासन कार्यालय सिमरामा गत २४ जेठमा सिफारिस पठाएको थियो ।

रजनीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको भेलिपल्ट नै काठमाडौंबाट राहदानीसमेत बनाएर लिएको बताइएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक सञ्जिव ओलीले नक्कली आमाबुबा बन्नेहरू हाल फरार रहेको र खोजीकार्य भइरहेको बताए । वडा कार्यालयको सिफारिसमा सिमरास्थित इलाका प्रशासन कार्यालयले भारत दार्जिलिङ घर भएकी २१ वर्षीया रजनी राईलाई गत १ असारमा ३३–०२–७९–००५१३ नम्बरको नेपाली नागरिकता प्रदान गरेको थियो । नागरिकता प्राप्त गर्न रजनी हाल फरार रहेकी छिन् । वडा अध्यक्ष ज्ञानबहादुर गोलेले नागरिकताको लागि गत २४ जेठमा सिफारिस गरेका थिए । वडा अध्यक्ष गोलेले आर्थिक प्रलोभनमा परेर दार्जिलिङमा रहका आफ्ना नातेदारहरुमार्फत राईलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन सहयोग गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ११ : ५७ बजे