Logo

मुख्य समाचार

बाजुरामा भूकम्पको अर्को धक्का महसुस



काठमाडौं । बाजुरामा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार दिउँसो १ बजेर ४२ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ३।७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यसअघि गएको बिहीबार दिउँसो १ बजेर १७ मिनेटमा बाजुराकै सिमिकोट आसपास केन्द्रविन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि, यही वैशाख १८ गते सोमबार दिउँसो २ बजेर ३५ मिनेटमा हुम्लाको लाली आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ७ : ०७ बजे