Logo

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. केसी नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा डाक्टर नहकुल केसी नियुक्त भएका छन् । मङ्गलवार बसेको मन्त्रीपरिषद् बैठकले केसीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष, र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान छ ।