पाल्पा । पाल्पा जिल्लाको रम्भा गाउँपालिका–२ फोक्सिङकोट र वडा नम्बर–३ रिमिघा लेक क्षेत्रमा यार्सागुम्बा भेटिएपछि उक्त स्थानमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ। डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईका अनुसार, रिमिघा लेक क्षेत्रमा भेटिएको वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारमा परीक्षण गराउँदा यार्सागुम्बा नै भएको पुष्टि भएको हो। उक्त क्षेत्रको झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा…