Logo

निर्वाचन विशेष

इलाम-२ मा माओवादीले सुहाङ नेम्बाङलाई समर्थन गर्ने



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले इलाम-२ मा उम्मेदवारी नदिने भएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने गरी माओवादीले उम्मेदवारी नदिने कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले सङ्केत गरे ।

यद्यपि माओवादी केन्द्रका महासचिव देव गुरुङले यस विषयमा एमाले र माओवादीबिच कुनै सहमति नभएको बताए । उनले वामपन्थीहरूबिच सहमति भए त्यहीअनुसार निर्णय हुने जानकारी दिए ।

तर माओवादीबाट इलाम-२ का उम्मेदवारी दिने तयारी गरेका धीरेन्द्र शर्माले उम्मेदवारी नदिने निर्णय भएको जानकारी आफूलाई प्रदेश इन्चार्जबाट आएको बताए ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उपनिर्वाचनका लागि २४ गते मनोनयन दर्ता गर्ने कार्य तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  १२ : १७ बजे