Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकले मंसिर १२ र १३ गते प्लाटिनम गल्फ आयोजना गर्ने



काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ आयोजना गर्ने भएको छ।

बैंकका अनुसार दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा होल इन वान गर्ने खेलाडीलाई स्कोडा एसयूभी प्रदान गरिनेछ। प्रतियोगिताका अन्य विधाका विजेतालाई चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिता आयोजना गर्न आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, एमएडब्लु तथा बाराहसिंघेले सहयोग गरेका छन्।

बैंकले खेलकुद संस्कृतिको प्रवद्र्धन, आपसी सम्बन्ध विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमीबीच सम्बन्ध स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।

ग्लोबल आइएमई बैंकले सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ तथा ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ लगायतका पुरस्कार पनि प्राप्त गरेको जनाएको छ।

बैंकका अनुसार मुलुकका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आइएमई बैंकका हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा तीन प्रतिनिधि कार्यालय छन्।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ।

प्रकाशित मिति : ११ मंसिर २०८३, बिहिबार  ४ : ५६ बजे