Logo

मुख्य समाचार

सभामुख र राष्ट्रिय सभा अध्यक्षबिच भेटवार्ता



काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबिच भेटवार्ता भएको छ ।

दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएपछि सभामुखसँग बिहीबार पहिलो पटक औपचारिक भेट हो ।

संसद् सचिवालय सिंहदरवारमा भएको भेवार्तामा अध्यक्ष दाहाललाई सभामुख घिमिरे बधाई दिएका थिए ।

दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १ : ५७ बजे