Logo

मुख्य समाचार

लागूपदार्थ र नगदसहित ४ जना पक्राउ



विराटनगर । मोरङको सुन्दर हरैँचा नगरपालिका–३ की ३० वर्षीया सुनिता राईलाई खैरो हिरोइन सहित प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागूऔषध किनबेच हुने गरेको सूचना पाएपछि प्रहरीले खानतलासी गरेको थियो । त्यस क्रममा उनलाई इलाका प्रहरी बेलबारीको टोलीले हिजो साँझ पक्राउ गरेको हो ।

उनको घरबाट १० ग्राम खैरो हिरोइन, साढे ३ किलो गाँजा र करिब ५ लाख ३८ हजार रुपैयाँ, मोबाइल, ढक तराजु बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी सुन्दरहरैँचा–३ गछियाका २३ वर्षीय प्रज्वल सुवदी र २० वर्षीय आशीष ठाकुरलाई विभिन्न नामका लागूऔषधि सहित प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट फेरागन, डाइजेपाम, एभिल, लुपिजेसिक लगायत विभिन्न लागूऔषधि बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी २४ वर्षीय संगम आचार्यलाई पनि प्रहरीले विभिन्न नामका लागूऔषधिसहित पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई अदालतमा उपस्थित गराएर म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  २ : ०२ बजे