Logo

मुख्य समाचार

देशको समग्र कृषि प्रणाली नै संक्रमित : सांसद गौतम



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले देशको समग्र कृषि प्रणाली नै संक्रमित त प्रदुषित भएको बताएकी छिन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले कृषिप्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सरकारले सुन्न नसक्नु दुखद रहेको भन्दै देशको समग्र कृषि प्रणाली नै संक्रमित त प्रदुषित भएको बताएकी हुन् ।

‘कृषिप्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सुन्नै सकेको छैन् । विऊ विजनमा त्यत्तिकै समस्या छ बल्ल बल्ल बिजारोपण गरे मलको समस्या छ । बल्ल बल्ल मल पाए सिँचाइको समस्या छ । सबैबाट पार लागेर उब्जनी भए बजारको अभाव छ,’उनले भनिन्,‘ सरकारले कृषि क्षेत्रमा काम गर्न प्रेरणा कत्ति पनि दिन सकेको छैन् । लामो समयदेखि भुक्तानी नपाउँदा किसान रुदै बस्नु परेको छ । समग्र हाम्रो कृषि प्रणाली नै संक्रमित त प्रदुषित भएको छ । ’

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  १२ : २८ बजे