Logo

अर्थ

एकै दिन दुई हजार रुपैयाँले बढ्यो सुन


२२ फाल्गुन २०८०, मंगलबार  

69
Shares

काठमाडौं । तेस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमा ह्वात्तै बढेर आएको छ । आज सुनको तोलामै दुई हजार रुपैयाँँले मूल्य वृद्धि भएको हो ।

यो सँगै एकै सातामा सुनको मूल्य दुई पटक दुई हजार रुपैयाँले वृद्धि भएको छ । आइतबार एकैदिन प्रतितोला दुई हजार रूपैयाँले बढेको सुनको मूल्य सोमबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य वृद्धि नगर्दा सोमबार आइतबारकै मूल्यमा छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।तर,महासंघले मंगलबार फेरी सुनको भाउ दुई हजार रुपैयाँले बढाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला २ हजार रुपैयाँले बढाएर एक लाख २२ हजार चार सय रूपैयाँमा कारोबार भैरहेको महासंले जनाएको छ ।

त्यसैगरी, सोमबार स्थिर रहेको चाँदीको मूल्य एकैदिन ३५ रुपैयाँले बढाएर आज प्रतितोला १४ सय ४५ रूपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ११ : ०६ बजे