काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सरकारमा सामेल हुन तयार भएको छ । सोमबार बिहान बालकोटमा बसेको पार्टीका पदाधिकारीहरुको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विकसित घटनाक्रमबारे बिफ्रिङ गरेका थिए ।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान गठबन्धन टुटाए नयाँ ढंगबाट छलफल गरेर अघि बढ्न तयार रहेको बताए ।
‘अहिले प्रधानमन्त्रीले टीआरसी विधेयकमा सहमति माग्नुभएको छ, र सहकार्य गरौँ भन्नुभएको छ,’ ज्ञवालीले नेपाल न्यूज बैंकसँग भने, ‘उहाँलाई टीआरसी विधेयकमा मात्रै साथ चाहिएको हो वा समग्र सहकार्यका लागि हो भन्नेबारे हामी पर्ख र हेरको अवस्थामा छौँ ।’
प्रधानमन्त्री दाहालले गठबन्धन टुटाए सरकारमा सहभागी हुन तयार रहेको निर्णय गर्दै एमाले सचिवालय बैठक सकिएको छ । अब लगत्तै एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल हुने नेताहरूले जनाएका छन् ।
प्रतिक्रिया