Logo

मुख्य समाचार

लगानी सम्मेलनलाई मध्यनजर गरी सरकारले कानुनमा संशोधन गर्ने कार्य अघि बढाएको छ : प्रधानमन्त्री


१७ फाल्गुन २०८०, बिहिबार  

115
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो वैशाखमा हुन लागेको लगानी सम्मेलनलाई मध्यनजर गरी सरकारले कानुनमा संशोधन गर्ने कार्य अघि बढाएको बताएका छन् । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पूर्वाधारसम्बद्ध आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान र वन तथा जग्गा प्राप्तिसँग सम्बन्धित विषय हल गर्ने गरी कानुन परिमार्जनलाई प्राथमिकतामा राखिएको बताए । सामान्य नतिजामा सन्तोष गर्ने सुविधा नरहेको उनले उल्लेख गरे ।

उनले बृहत् दृष्टिकोण, योजना, उत्कृष्ट कार्यशैलीका साथ सकारात्मक प्रभाव पार्ने र नतिजा हासिल गर्ने गरी दृढताका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रालयको नेतृत्व गर्ने सबै मन्त्री र सचिवहरूले आफ्नो कामको जिम्मेवारीबोध गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ३ : २५ बजे