Logo

मुख्य समाचार

मुलुकमा सुशासन कायम गर्न संसदको भूमिका महत्वपूर्ण


१५ फाल्गुन २०८०, मंगलबार  

115
Shares

काठमाडौं । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा सुशासनका लागि विधिको शासन आवश्यक विषयमा छलफल भएको छ ।

मंगलबार सिंहदरबारमा भएको छलफलमा समिति सदस्यहरुले मुलुकमा सुशासन कायम गर्नका निम्ती संसदको भूमिका महत्वपूर्ण हुने तर्क राखे ।

त्यस्तै, समितिले मुलुकमा सुशासन कायम गर्नका निम्ति बनेको कानूनको संशोधन र पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिने भएको छ ।

समिति सभापति प्रकाश पन्थले बैठकमा सुशासन कायम गर्नका लागि विधिको शासन आवश्यक रहेको निष्कर्ष निकाल्दै सुशासनका लागि बनेको ऐन र कानून संशोधन र पुनरावलोकन गर्न निर्देशन दिने निर्णय गरेको बताए ।

यसअघि राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बैठकमा बोल्दै सांसदहरु संसदको नियम र कानून अनुसार चल्नुपर्ने बताए ।

जनताबाट निर्वाचित भएका सांसदहरुले जनताको न्याय र हकका निम्ति गतिशिलता देखाउनुपर्ने उनको भनाइ छ ।

संघीय संसदअन्तर्गत प्रतिनिघि सभा मर्यादित नभएको मात्रै नभै अहिलेको जति अराजक कुनै संवैधानिक निकाय नभएको बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ४ : ५२ बजे