Logo

मुख्य समाचार

संसदमा सांसद शाहीको कविता : दुई नौजवान युवाको सपना बालकुमारीमै उडाइदियौ


१३ फाल्गुन २०८०, आइतबार  

161
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक एवं  ज्ञानेन्द्र शाहीले कवितामार्फत व्यंग गर्दै बालकुमारी घटनामा मृत्यु भएकाका परिवारलाई न्याय माग्दैमा कुनै अमुख व्यक्तिले राजीनामा माग्न नपाउने बताएका छन् । 

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले जनताबाट निर्वाचित भएर आएको सांसदको राजीनामा माग्ने हक कसैलाई नभएको बताएका हुन् ।

बालकुमारी घटनाबारे न्याय माग्दा आफ्नो राजीनाम मागिएको भन्दै उनले सरकारको विरोध स्वरुप कविता सुनाएका छन् ।

सांसद शाहीले कवितामार्फत भने,

‘फक्रक्क फुल्न नपाउँदै कोपीला मै चुँडाइदियौ

दुई नौजवान युवाको सपना बालकुमारीमै उडाइदियौ

थिए होला तिनीहरूका सपना न्यानो लगाउने र मिठो खाने

रक्षक नै भक्षक भए पछि सम्माननीय सभामुख महोदय न्याय खोज्न हामी कहाँ जाने ?

आँखाबाट आँशु झार्दै भक्कानिएर रुन्छिन् उनकी आमा

अपराधीलाई कारवाही गर भनी आवाज उठाउँदा माग्छौ मेरो राजीनामा ?

सत्ता तिम्रै छ, शक्ति तिम्रै छ जति दबाउन सक्छौ दबाऊ

दबिएर दबिँदैन यी आवाजहरू एक दिन उठ्नेछन्

र भन्नेछन् भ्रष्टाचारी र देशद्रोहीलाई देशबाटै भगाऊ’

वर्तमान व्यवस्था अपरिवर्तनीय नभएको भन्दै शाहीले सत्तापक्षका नेताहरुलाई संविधान पढ्न आग्रह गरे ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : ४७ बजे