Logo

मुख्य समाचार

‘विमान किन्ने बहानामा पर्यटन मन्त्रीले १८ करोड कमिसन खाने सूचना प्राप्त भयो’ : रामहरि खतिवडा


१३ फाल्गुन २०८०, आइतबार  

138
Shares

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले गरेका विभिन्न नियुक्ति तथा मन्त्रीहरूको कार्यशैलीको आलोचना गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद खतिवडाले पर्यटन मन्त्री सुदन किराँतीले अहिले विश्वमा उत्पादन बन्द भइसकेको ट्वीनअटर विमान खरिदको नाममा १८ करोड कमिसन खान लागेको सूचना आफूले पाएको बताएका छन् । साथै मन्त्री किराँतीले टाट पल्टेको निगममा ६२ जना कर्मचारी भर्ना गरेको उनले बताए ।

सांसद खतिवडाले निगममा भएका ४ वटा जहाजमध्ये २ वटा न्यारोबडी र २ वटा वाइड बडी घाटामा रहेको, निगमलाई आन्तरिक उडानका लागि ६ वटा चिनियाँ न्यारोबडी लिइएकोमा वाई टुवेल्व र वान सिक्टिन तत्कालीन अवस्थामा झन्डै ८ अर्ब रुपैयाँमा लिइएको जहाज अहिले लिलाममा राख्दा ३८ करोडमा बिक्री हुन नसकेको बताए ।

एउटा ट्वीनअटर बिग्रिएर १० वर्षदेखि ग्राउन्डेड भएर थन्किएर बसेको र निगममा १२ सय कर्मचारी स्थायी र आउट सोर्सिङबाट झन्डै ८ सय कर्मचारी छन् । यी तथ्याङ्को बाबजुतपनि पर्यटन मन्त्री नयाँ प्लेन किन्नुपर्यो भनेर लाग्नु कमिसनको खेल भएको उनले बताए ।

मन्त्री सस्तो लोकप्रियतामा लागेको प्रति पनि उनले कटाक्ष गरे ।

उनले लकरमा गोली राख्ने ल्हारक्याल लामालाई शान्तिको क्षेत्र लुम्बिनी विकास कोषमा नियुक्त गरेको आपत्ति जनाए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : ४० बजे