Logo

मुख्य समाचार

सांसद ढकालको प्रश्न– ‘कृषि मन्त्रीलाई ब्युँझाउन किसानका पशु चौपाया सिंहदरबार हुल्नुपर्ने हो ?’


१३ फाल्गुन २०८०, आइतबार  

115
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारका कृषि मन्त्री निन्द्रामा रहेको भन्दै उनलाई ब्युँझाउन किसानका पशु चौपाया सिंहदरबारमा हुल्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले कृषि मन्त्रीले किसानका लागि कुनै काम गर्न नसकेको बताए ।

उनले किसानले साङ्केतिक रूपमा दूध पोखेर आन्दोलनको तयारी गरेको बताए । सरकारले समस्या नसुन्ने हो भने किसानले गोठबाट पालेका पशु चौपाया सिंहदरबार र बालुवाटार लगेर हुलिदिने र त्यसका लागि सरकारलाई तयार उनले आग्रह गरे ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १२ : ३७ बजे