Logo

मुख्य समाचार

‘बालअधिकारका लागि सबैको भूमिका एकै प्रकारको हुनुपर्छ’


८ फाल्गुन २०८०, मंगलबार  

115
Shares

काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाले बालअधिकारका क्षेत्रमा काम गर्ने सबै निकायको भूमिका एकै प्रकारको हुनुपर्ने बताएका छन् ।

मंगलबार बालअधिकार प्रणाली सुदृढीकरणका लागि परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष बानियाँले बालअधिकारको क्षेत्रमा काम गर्ने निकायहरुमा राजनीतिक प्रभाव पर्न नहुने बताएका हुन् ।

नागरिक समाजको आपसी खिचातानीका कारण बालबालिकाका मुद्दा ओझेलमा परेको उनको भनाइ थियो । आर्थिक र स्रोतको समस्या नभई सकारात्मक सोचका साथ काम गर्नुपर्ने उनको भनाइ थियो ।

बालबालिकामा क्षेत्रका लागि लगानी सम्मेलन गर्दै बालबालिकाको भविष्य सुनिश्चित गर्नुपर्ने भन्दै उनले भने, ‘बालबालिकामा लागानी : सुरक्षित भविष्यको थालनी त भन्यौं तर कति काम गर्यौ त हामीले ? एजेण्डाले हरेक क्षेत्रमा अर्थ राख्दछ । अब बालवालिकाको क्षेत्रमा लगानी सम्मेलन गरेर बजेट कोर्टको बारेमा सोचौं । हाम्रो समस्या अर्थतन्त्र र स्रोतमा होइन सोचमै छ ।’

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १ : ३७ बजे