Logo

मुख्य समाचार

मध्यपश्चिमका उपकुलपति सिंहलाई वर्ष उत्कृष्ट उपकुलपति अवार्ड


८ फाल्गुन २०८०, मंगलबार  

92
Shares

काठमाडाैं । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.नन्दबहादुर सिंहले यसवर्षको उत्कृष्ट उपकुलपति अवार्ड पाएका छन् । त्यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्य वर्ष उत्कृष्ट रजिष्ट्रार पाएका छन् ।

कलेज रिडर्सद्धारा आयोजित सम्मान तथा अवार्डमा प्रोमिसिङ भाइस चान्सलर अफ दि इयरतर्फ काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा सम्मानित भएका छन् ।

त्यस्तै प्रोमिसिङ रजिष्ट्रार अफ दि इयरतर्फ पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डाक्टर दीपकबहादुर भण्डारी सम्मानित भएका छन् । उत्कृष्ट घोषित उपकुलपति र रजिष्ट्रारहरूलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पुरस्कृत गरे ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १० : ३४ बजे