Logo

मुख्य समाचार

हाइड्रोजन ग्यास उत्पादनलाई नीतिगत व्यवस्था जरुरी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपति शमशेर जबराले सरकारले हाइड्रोजन ग्यास उत्पादनका लागि आवश्यक नीतिगत व्यवस्था गर्न जरुरी रहेको बताएका छन् ।

नेपालमा हाइड्रोजन र कार्बन व्यापारका चुनौती र अवसरहरू विषयक शनिबार राजधानीमा भएको कार्यक्रममा उनले विश्व नै हाइड्रोजन उत्पादनमा लागेको भन्दै नेपालमा पनि यसको सम्भावना रहेको बताए ।

नवीकरणीय इन्धनको रुपमा हाइड्रोजन ग्यासको प्रयोगका सन्दर्भमा नेपाल पनि अगाडि बढेको भन्दै चुलोमा खाना पकाउने सफल परीक्षणदेखि गाडी चलाउनेसम्म गतिविधि नै भएको उनले बताए ।

नेपालमा जलविद्युत उत्पादन बढ्दै जाँदा बिजुली बजार खोल्ने सन्दर्भमा ग्रीन हाइड्रोजन इन्धन बहस पनि अगाडि बढेको छ ।

नेपालमा करिब २ हजार ८ सय ३७ मेगावाट विद्युत जोडिएको छ । बढी भएको विद्युत हाइड्रोजनमा परिणत गर्न सकिने जानकारी कार्यक्रममा दिएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ५ : ४५ बजे