Logo

अर्थ

लघुवित्त र सहकारीमार्फत राजनीतिक लाभ लिने प्रयास हुँदैछ : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तिकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको बताएका छन् ।

शनिबार चौथो लधुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशभरबाट २७ लाख महिलाहरु लघुवित्तमा सहभागि रहेको उललेख गर्दै यसले महिलालाई आत्मनिर्भर बनाएको बताए ।

अहिले केहि प्रवृत्तिहरुले सहकारी र लघुवित्तमा आएका विचलनबाट राजनीतिक लाभ लिएको भन्दै सरकार चुप लागेर नबस्ने उनको भनाइ छ ।

गरिव र विपन्नलाई ध्यानमा राखेर आम जनताका मुद्दाहरु टुङ्ग्यानुपर्ने उनको भनाइ छ ।

अर्बौं कर्जा प्रवाह गर्ने सरकारको सामथ्र्य नहरेको उल्लेख गर्दै अर्थमन्त्री महतले बेलैमा सबैले सचेत भएर दायित्व पुरा गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १२ : १९ बजे