Logo

मुख्य समाचार

वर्तमान व्यवस्था प्राप्तीमा सयौं अग्रजहरुको बलिदान छ : मन्त्री शर्मा


४ फाल्गुन २०८०, शुक्रबार  

92
Shares

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले वर्तमान व्यवस्था प्राप्तीका पछाडी सयौं अग्रजहरुको बलिदानी रहेको बताएकी छिन् ।

शुक्रबार सन् २०२४का हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रममा बोल्दै मन्त्री शर्माले नेपालको राजनीतिक आन्दोलन र शान्ती प्रक्रियामा उल्लेखनीय भूमिका खेलेका अग्रजहरुलाई सम्मान गर्नुपर्ने बताएकी हुन् ।

सूचना तथा सञ्चार मन्त्रालयले गर्ने कामहरु आम चासोका विषय नभएपनि यसले सूचना र प्रविधिको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

विद्यमान अवस्थामा सूचना प्रविधिसँग जोड्दै संघीय शासन प्रणाली बमोजिम हुलाक सेवाको पुनःसंरचना गर्न आवश्यक रहेको समेत उनको भनाइ छ ।

उनका अनुसार हुलाक सेवा प्रवाहलाई आधुनिक र प्रतिस्पर्धी बनाउनु सरकारको उद्देश्य रहेको छ ।
सरोकारवालाबीच समन्वय गरी हुलाक सेवाको प्रविधि र भौतिक पूर्वाधार सुधार सहित सेवामा व्यापक सुधार ल्याउन पहल भइरहेको समेत मन्त्री शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ७ : ४५ बजे