Logo

मुख्य समाचार

विश्व सामाजिक मञ्चको सम्मेलन सुरु


३ फाल्गुन २०८०, बिहिबार  

115
Shares

काठमाडौं । विश्व सामाजिक मञ्चको १६ औं सम्मेलन विहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।

बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६ औं संस्करण सुरु भएको हो । विहीबारदेखि सुरु भएको सम्मेलन ७ गते सम्म हुनेछ ।

उदघाटका दिन विश्वका विभिन्न देशका सांस्कृतिक झाँकीसहित र्‍याली निकालिएको छ ।

सम्मेलनमा १३ वटा मूल विधामा आधारित भएर ठूलासाना गरी ४ सय २ वटा कार्यक्रमहरु र विश्वभरबाट ९२ देशका १ हजार २ सय ५२ वटा संस्था तथा समूहहरु स्वआयोजकका रुपमा दर्ता भएको आयोजकले जनाएका छन् ।

कार्यक्रममा विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने र विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुनेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  २ : ५१ बजे