Logo

मुख्य समाचार

दुर्गा प्रसाईंको आरोप : राप्रपाको आन्दोलन प्रचण्ड सरकार ढालेर केपी ओलीलाई स्थापित गर्ने खेलमात्र हो


३ फाल्गुन २०८०, बिहिबार  

92
Shares

काठमाडौं । राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले राप्रपाप्रति कडा टिप्पणी गरेका छन् । उनले राप्रपाको आन्दोलन राजसंस्था वा हिन्दूराष्ट्र ल्याउनको लागि नभएर प्रचण्ड सरकारलाई ढालेर केपी ओलीलाई स्थापित गर्ने खेल भएको आरोप लगाएका छन् । पछिल्लो समय राप्रपाप्रति आक्रामक सुनिन थालेका प्रसाईंले फेसबुकमार्फत यस्तो आरोप लगाएका हुन् । उनले लेखेका छन्-

राप्रपाले गर्न लागेको आन्दोलन न त राजसंस्था ल्याउनका लागि हो, न त हिन्दुअधिराज्य स्थापनाका लागि हो, न त सर्बहारा बर्ग र भुइँ–मान्छेका लागि नै हो,न त ब्यापारिक बर्गको गाँस बास कपासको एजेन्डा स्थापना गर्न वा उनिहरुको उद्धार गर्नका लागि हो। राप्रपाको आन्दोलन त केवल प्रचण्ड सरकार ढालेर केपी ओलीलाई स्थापित गर्न र आफू पनि सत्तामा गएर रजगज गर्ने खेल मात्र हो । नेपाली जनतालाई चेतना होस !!

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  १२ : ०० बजे