Logo

अर्थ

‘अर्थतन्त्रका सबै सूचक सबल, अब अझ सही दिशामा’



काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अहिले अर्थतन्त्रका हरेक सूचकहरु सकारात्मक रहेको बताउँदै अबका दिनमा समेत सकारात्मक दिशा उन्मुख रहने बताएका छन् ।

आर्थिक वर्ष २०८०÷८१ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सोमबार सार्वजनिक गर्दै उनले आर्थिक गतिविधिहरु बढे पनि बजेट व्यवस्थापनमा चुनौती रहेको स्वीकारे ।

लक्ष्यअनुसार सूचकमा सुधार नआएको भए पनि बैंकिङ तरलतामा सुधार आएको उनको दाबी थियो ।

पर्यटन क्षेत्रमा उल्लेख्य सुधार भएको बताउँदै अथमन्त्री महतले पुस मसान्तसम्ममा ५ लाख ६० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेको बताए । गत वर्षको यही अवधि यो संख्या जम्मा ३ लाख ९० हजार मात्र थियो ।

सरकारले मूल्यवृद्धिलाई ६.५ प्रतिशतमा झार्ने घोषणा गरेको थियो । ८ प्रतिशतबाट अहिले औसतमा ६.४७ प्रतिशत मा झरेको उनले बताए ।

त्यसैगरी, बैंकको ब्याजदर घटेसँगै २.६ प्रतिशतले वित्तीय सुधारको सूचक बढेको उनले बताए छ । बैंक तथा वित्तीय क्षेत्रमा जाने कर्जा ४ प्रतिशतले बढेको बताउँदै अर्थमन्त्री महतले धितोपत्र २४ अर्ब ४८ करोड रुपैयाँ बराबरको थप दर्ता नभएको जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ४ : ५१ बजे