Logo

मुख्य समाचार

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख चन्दको प्रदेश समन्वय विभागमा सरूवा



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दको प्रदेश समन्वय विभागमा सरूवा भएको छ ।

शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा काज सरूवा गरेका हुन् ।

गत माघ १२ गते विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र  विमानस्थलमा सुरक्षका लागि खटिएका प्रहरीबीच कुटाकुट भएको थियो ।

उक्त घटनामा असन्तुष्ट रहेका चन्दले राजीनामा बुझाएका थिए । पछि आइजिपी बसन्तबहादुर कुँवर र एआइजीहरूले राजीनामा फिर्ता गर्न लगाएर उनलाई १० दिनको बिदामा बस्न भनेका थिए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ५ : २० बजे