Logo

समाचार

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ



काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने युवक पक्राउ परेका छन् । पर्साको वीरगंज महानगरपालिका–१४ घर भइ काठमाडौंमा बस्ने २५ वर्षीय धीरज पटेल पक्राउ परेका हुन् ।

पटेलले विवेक यादवलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै उनीबाट पाँच लाख रुपैयाँ रकम लिएका थिए ।

रकम लिएर सम्पर्कविहीन भई ठगी गरेका उनलाई प्रहरीले बिहीबार काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ५ : ०० बजे