काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिए।
मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनको उक्त अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाएका थिए।
उद्योगीहरूले मन्त्री यादवको अभिव्यक्तिबारे प्रधानमन्त्री शाहसमक्ष समेत ध्यानाकर्षण गराएका थिए।
त्यसपछि मन्त्री यादवले पदबाट राजीनामा दिएकी हुन्।








प्रतिक्रिया