Logo

मुख्य समाचार

‘संघीयता बोक्नेहरुलाई पनि प्रदेश बोझ भयो’



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता बोक्नेहरुलाई पनि प्रदेश बोझ भएको बताएका छन् ।

प्रतिनिधि सभामा बुधबार उनले अहिले यो प्रणाली नै चाहिदैन भन्ने खालको संकट देखिएको भन्दै यसमा ध्यान दिनुपर्ने बताए ।

उनले प्रदेश दलका नेता, कार्यकर्ता थन्क्याउने ठाउँ भएको भन्दै यसमा सबै मिलेर छलफल गर्न आवश्यक भएको बताए ।

संसद्को मुख्य काम नीतिनियम बनाउने भए पनि व्यवहारमा लागू हुन नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ४ : १५ बजे