Logo

मुख्य समाचार

खेलिरहेका बालकको घरको गेटले किचिएर मृत्यु



विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–८ मा गेटले किचिएर एकजना बालकको मृत्यु भएको छ ।

स्थानीय एक घरमा कोठा भाडामा बस्दै आएका अखिम बराइलीका चार वर्षीय छोरा अनिषको बिहीबार साँझ घरको गेटले किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको गेटनजिक खेल्दै गरेका उनलाई एक्कासि गेट लडेर किचेको थियो । सिकिस्त घाइते उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल ल्याइएको थियो ।

उपचारका क्रममा सोही अस्पतालमा उनको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ३ : १८ बजे