Logo

मुख्य समाचार

योजना आयोगको सदस्यमा उमाशङकर प्रसाद नियुक्त



काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा उमाशङकर प्रसादलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रौतहट निवासी उमाशङकर प्रसादलाई आयोगको रिक्त सदस्य पदमा नियुक्ति गर्ने निर्णय गरेको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्,‘राष्ट्रिय योजना आयोगको एउटा रिक्त सदस्य पद थियो । त्यसमा रौतहट निवासी उमाशङकर प्रसादलाई नियुक्ति गर्ने भन्ने निर्णय भएको छ ।’

त्यस्तै सरकारले सुरक्षित कारोबार ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने पनि निर्णय भएको उनले जानकारी दिइन् ।

साथै मन्त्री रमेश रिजालको अध्यक्षतामा नीजि क्षेत्रको समेत प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने पनि निर्णय भएको छ ।

नेपाल वायु सेवा निगम ऐन २०१९ को दफा ४ को उपधारा ४ बमोजिम नेपाल वायु सेवा निगमको रिक्त्त उपाध्यक्ष पदमा सञ्चालक समितिका सदस्य विक्रम राईलाई सरकारले नियुक्ति गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  १ : २७ बजे